साउदीमा रहेका ८७ अवैध नेपालीले पाए एक्जिट भिसा | Khabarhub Khabarhub

साउदीमा रहेका ८७ अवैध नेपालीले पाए एक्जिट भिसा



दोहा – साउदीमा ८७ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । ८-१६ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ८७ जनाको एक्जिट भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पत्र लिएर जान अनुरोध गरेको छ । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ । एक्जिट भिसा प्रोसेसिङका लागि मोबाइल नं. ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ ।

कस्तो अवस्थामा लाग्छ एक्जिट भिसा ?

*. इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भैसकेका
*. साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका
*. हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिनेछ ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न मिल्दैन।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ०४ बजे

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी