बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन « Khabarhub

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको छ ।

आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएकी हुन् ।  पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ छ । 

शहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार उद्यानको गुरुयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

‘पुनःनिर्माणको पहिलो चरणमा १८ लाख लिटर पानी अट्ने क्षमता भएको ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरी बनाइएको हो’, पुननिर्माण कार्यका बारेमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले भने ।पौडीपोखरी गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरी पुनःनिर्माणसँगै पानी प्रशोधन प्लान्ट, शुद्धीकरण प्लान्ट, १५० जना क्षमताको दर्शक बस्ने ठाउँ निर्माण गरिएको छ ।

पौडी सञ्चालन गर्न सङ्घसँग सम्झौता

पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले नेपाल पौडी सङ्घसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम सङ्घले एकजना वरिष्ठ जीवनरक्षक, एकजना महिला अनिवार्यसहित तीनजना जीवनरक्षक, एकजना पानी प्रशोधन प्राविधिकसहित पाँचजना जनशक्ति उपलब्ध गराउने छ । 

कामपाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा पुगिसक्नुपर्नेछ । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनु पर्नेछ ।

धार्मिक तथा प्राकृतिक दुवै कोणबाट पवित्र मानिने नागार्जुन डाँडाको फेदमा बालाजु बाइसधारा उद्यान छ ।  मन्नादी देवीसँगै उद्यान क्षेत्रमा शीतलामाई देवी, बुद्ध, गणेश, रत्नचुडेश्वर महादेवको मन्दिर तथा उद्यानको पूर्वतिर रहेको सानो कुण्डका शेषनागमाथि सुतेका बालनीलकण्ठ रहेका छन् । 

उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण भएका थिए । पछि रणबहादुर शाहले बीचको एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ सालमा राजा महेन्द्रको पालामा बालाजु बाइसधारा उद्यान निर्माण गरिए पनि २०२१ सालदेखि सर्वसाधारणलाई खुला गरिएको हो । 

 विसं २०७२ को भूकम्पले पोखरीको चर्किएपछि चुहिने भएको थियो । 
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : २८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर