रुसले मारिओपोलमा आक्रमण गरेपछि त्यस क्षेत्रका पीडिका कथाहरू हृदय विदारक थिए। आङ नै सिरिङ हुने त्यहाँका दुख र बेदनाका कथाहरू अहिले बाहिरिन थालेका छन्।
‘सर्वत्र छरिएका शवहरू थिए। हरेक घरमा नजिक ढलेका शरीर मात्र देखिन्थे। कसैले त्यो बोकेर पनि लगेका थिएनन्,’ प्रत्यक्षदर्शी ५१ बर्सिया ओलीया जोलोटा रियोभाले भनिन्। उनका आफन्त सुरक्षित रूपले किभमा छन्। तर, मोरिओपोलको अवस्था कुनै समय हैजाको महामारी फैलिएको कुनै बस्तीको भन्दा पनि अझ खराब छ।
युलिभा भने दुई साता अघि मात्र सुरक्षित भएकी हुन्। मारिओपोलका बासिन्दाले सबै कुरा गुमाएका छन्। धेरैको त आशाको कुनै त्यान्द्रा नै बाँकी छैन। कुरा गर्दै जाँदा आँखामा आँसु बहाउँदै उनी भन्छिन्, ‘हरेक परिवारले आफ्नो नजिकको कोही गुमाएको छ।’
अहिले मोरिओपोलमा रोग फैलिएको छ। खाने पानीको अभाव छ। बम बारीसहितको धुवाको मुस्लोका कारण धेरै जना थला परेका छन्। यसको उपचार गर्न युक्रेनी सरकार र अन्तर्राष्ट्रिय मानव अधिकारवादी दाता तथा अभियन्ताहरू सक्रिय छन्। त्यहाँ रहेका १ लाख जना मानिसहरू पिउने पानीको अभावमा तड्पिरहेका छन्। यसै समयमा जमिन मुनीको पानी झिक्ने र पौडी पोखरीमा क्लोरिन राखिएका पानीहरू प्रयोग गर्ने प्रचलन बढ्दो छ।
मारिओपोलमा जीवन बिताउनेको आफन्तको पीडा त आफ्नै ठाउँमा छ। साथै अहिले बाच्न पनि कम्ती कठिन छैन। रुसी सत्ताको ध्यान भने थप प्रोपोगान्डा मच्चाउँदै युक्रेनको बारे अफवाह फैलाउने मै छ।
त्यहाँका मानिसको जीवन दुखी हुनुका बाबजुद रुसी सत्तामा एक क्षण पनि दया भाव जागेको छैन। मारीओपोलको भुइँमा लास छरपस्ट भएको दृश्यले रुसी सेनालाई छोएको छैन। युक्रेनी आम नागरिक पीडामा छटपटाइरहेको समयमा रुसी भने विजयोत्सव मनाइरहेका छन्।
सहरमा ढोका बनाएर सोभियत युगको सुरुवात भन्दै रुसलाई स्वागत गरेको झैँ पेन्ट गर्न सुरु गरिएको छ। अहिले युक्रेनका रङ्गलाई रुसी रङ्गले विस्थापित गर्दै पेन्ट गर्न रुसी सेना तम्सिएका छन्। एउटा ठुलो बोर्ड राखेर त्यस बोर्डमा लेखिएको छ, ‘रसिया इज फरएभर।’
छोरी अनास्टासियाको सहयोगको कारण जुलिया जोलोटारिभयोभा यो नरक जस्तो त्रासदीय ठाउँ छाड्न सफल भएकी छन्। एक वर्ष अगाडि नै उनकी २६ वर्षीया छोरी क्यारियर बनाउनका लागि राजधानी पुगेकी थिइन्। छोरी त्यहाँको राष्ट्रिय रेलवेमा काम गर्छिन्।
युद्ध सुरु भएदेखि नै उनले आफ्नो परिवारलाई एकत्रित गर्ने प्रयास त गरेकी छन्। तर, यसमा अझै सफल भएकी छैनन्। उनकी हजुरआमा भेलेन्टीयालाई रुसी सेनाले मारी सकेका छन्। रुसले युक्रेनमा आक्रमण गरे यता कति जना सर्वसाधारणको ज्यान गयो भन्ने त यकिन छैन। तर, उनीहरूले चिने जानेका २६ जना मारिएका रहेछन्। यी २६ जनामा हजुर आमाको निधन उनका लागि सबैभन्दा ठूलो पीडा हो।
८० वर्षीया भ्यालेन्टीना पोलीस्चुकको २१ मार्चको दिन निधन भएको थियो। भ्यालेन्टीयाकी छोरी युलिया अनास्टासियाकै आमाको मानसपटलमा मध्य रातमा रुसी सेनाले आफ्नो घरमा गरेको आक्रमण अझै झझल्को आइरहन्छ।
‘मलाई भुइचालो आए जस्तो लागेको थियो। त्यहाँ सबै हल्लिएको थियो। मलाई लाग्यो हाम्रो ज्यान नै त्यही बाट जाने छ,’ उनले भनिन्। उनका अनुसार तीन तला नै मिसाइलले क्षत विक्षत पारेको थियो। भवनका बाँकी स्थानमा आगो लागेको थियो।
‘हामी सुरक्षित हुन बेसमेन्टमा झर्दा पनि सबै बली रहेकै थियो,’ उनले त्यो कहाली लाग्दो रातको स्मरण गर्दै भनेकी छन्। धुवाँको मुस्लोले सास फेर्न नै कठिन भइरहेको उनी बताउँछिन्। ‘आमा आमा मैले बोलाए। मैले सास फेर्नकै लागि पाँच मिनेट बाहिर कतै जान भने। उनी मानिनन्। किनकी ८० वर्षकी उनी धेरै थाकेकी थिइन्’, आमाको अन्तिम समय उनले सम्झिन्।
त्यसपछि उनी आफ्नो फोन र आइडीका साथै कागजपत्र सबै छाडेर आमालाई बचाउने उपाय खोज्न थालिन्। उनी फेरि बेसमेन्टमा आइपुगिन्। तर, त्यहाँ उनको प्रयास काम नलाग्ने भइसकेको थियो। त्यस ब्लकमा बसोबास गर्ने बाल बच्चा सहितको ११ जनाको जीवन लीला त्यही बेसमेन्टमा समाप्त भएको थियो।
मारिओपोलकै अर्को बेसमेन्टमा पनि त्यत्तिकै दर्दनाक कथा छ। केही बचेका छन्। केही मरेका छन्। राजधानी किभको अवस्था अलि फरक छ। त्यहाँ मानिसहरू एक आपसमा अङ्कमाल गरेको दृश्य पनि देख्न सकिन्छ।
यो अङ्कमाल सायद कुनै भयानक र डरलाग्दो स्थानबाट जीवन जोगाएर फर्कनेको खुसी होइन। यो एउटा थेरापी हो। त्यसै थेरापी अन्तरगत बल फ्याँकेर खेलेको दृश्य पनि देख्न सकिन्छ। युद्ध पीडितको यो अर्को दया लाग्दो कहानी त्यहाँ छ। यिनीहरू मरेका छैनन्। तर, शारिरिक रूपले पहिलेको अवस्थामा छैनन्। उपचार पद्धतिमा छन्। कुन अङ्ग कुन रूपमा रहने भन्ने कुने टुङ्गो नै छैन।
चिकित्सकलाई धेरै कठिन छ। शारिरिक उपचार त गर्नु परेको छ। आफन्त गुमाएका कारण मानसिक रूपमा विक्षिप्त भएका यिनीहरूको उपचार पनि आवश्यक छ। गएको तीन महिना आफन्तको शोकमा डुबेका २० जनालाई राखेर मनोचिकित्सक अन्ना च्यासनकोभाले उपचार गराइरहेकी छन्।
‘यहाँ आएका मानिसहरू ठूलो पीडा बोकेर आएका छन्। रुसले युक्रेनलाई दिएको दुःख, बम बारी विस्फोट र आफन्तको निधन आँखा र मनमा लिएर ती सबै यहाँ आइपुगेका हुन्,’ उनले भनिन्।
अहिले किभमा ती मनोचिकित्सकको अत्यन्त धेरै माग छ। ‘युक्रेनमा हरेकले त्यस्तो केही भोगेका छन्। कसैले युद्ध प्रत्यक्ष देखे कोही आफै लडाइमा थिए। कसैले आफन्त गुमाए ,’ उनले त्यहाँको अवस्था प्रस्ट पारिन्।
यो मनोचिकित्सा केन्द्र अन्नाले दुई साता अगाडि मात्र स्थापना गरेकी हुन्। यस बीचमा ५ हजारलाई त्यहाँ मानसिक उपचार तथा मानसिक थेरापी तथा काउन्सीलीङ लगायतको सेवा प्रदान गरिएको थियो। ती सबै मारिओपोलबाट नै त्यहाँ पुगेका थिए।
अर्को कोठामा ७९ वर्षीया म्याकोला पोलीस्चुक छन्। उनले मोरिओपोलमा आफूले बिताएको जीवनबारे दर्ता पुस्तकका सबै टिपाइ रहेका छन्। त्यसमा उनले देखेका युद्ध, उनको ठेगाना, पेसा र युद्धमा बिताएका आफन्तको विवरण पनि टिपाइरहेका छन्।
त्यस रेकर्डमा एउटा लाइन नै छुटे छ। उनी ५२ वर्षीया श्रीमती भ्यालेन्टीनाका श्रीमान् हुन्। ‘सरी म केही बोल्न सकिन,’ उनले त्यसो भनी रहँदा आँखाबाट आँशुका बलिन्द्र धारा बगी रहेका थिए।
उनले टाउकोमा हात राखे। त्यसै हातले मुख छोपे। उनले त्यो भनी रहँदा उनको हातमा सन् १९७२ मा उनीहरूको विवाह भएको तस्बिर थियो। उनको परिवारले अहिले पनि सम्झने त्यो एउटा प्रमुख घटना हो। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको गलत कदमका कारण आफूले भोगेको दुख उनले भन्न पनि सकेका छैनन्।
‘तिनीहरूले जे गरेका छन् , त्यो कहिले पनि भुल्न सकिँदैन,’ आँसुबाट बलिन्द्र धारा बहाउँदै उनले भने। मारीओपोलको ती दृश्य साँच्चै पीडादायक र हृदय विदारक हुन्। यस बीमा अस्पताल तथा प्रसूति गृहमा भएका आक्रमणका घटना त साँच्चै पिडादायक थिए। सायद यो युद्ध सकिएको धेरै वर्षपछि पनि मारिओपोलको पीडा धेरैका लागि चासोको विषय पनि बन्ने छ।
स्रोत: बीबीसी,एपीन्युज
प्रतिक्रिया