विवादमा तानियो ‘ब्रह्मास्त्र’ | Khabarhub Khabarhub

विवादमा तानियो ‘ब्रह्मास्त्र’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिष्कारको माग गरिरहेका छन् ।

ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता लगाएको प्रस्ट देख्न सकिन्छ । यो दृश्य देखेका दर्शकहरूले रणवीरको शैलीप्रति रिस व्यक्त गरेका छन् ।

निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ । निर्देशक मुखर्जीको अनुसार यो भारतको पहिलो सिनेम्याटिक युनिभर्स भनिएको छ । करण जोहरको प्रोडक्सनमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा रिलिज हुँदैछ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, रणवीर कपुर, मौनी रोय र नागार्जुन अक्किनेनीको अभिनय देख्‍न सकिन्छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : २७ बजे

यात्रुसँग दोब्बर भाडा असुल्दै वीरगञ्जका सार्वजनिक यातायात 

वीरगञ्ज– छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर

आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री 

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय

कृषकको उत्पादन क्षमता अभिवृद्धिमा पहल गरिदिन देउवालाई आग्रह 

धनगढी– कैलालीको चुरे गाउँपालिकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग स्थानीय कृषकको उत्पादन

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

धनुषा– मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन