भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु « Khabarhub

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ । अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए । केही दिनमा सेवा थप हुँदै जाने उनको भनाइ छ ।

विशेषज्ञ क्लिनिक र जनरल बहिरङ्ग सेवा (जिओपिडी)बाट सिफारिस भएमा बिहान १० देखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा डा पौडेलले बताए । यसरी सिफारिस हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ । उनले भने, ‘जिओपिडी र ओपिडीको टिकट लिने बिरामीले सिधै अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, सिफारिस भएमा सेवा लिन पाउँछन् ।’

दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा रु ५०० को टिकट लिएर अपराह्न १ देखि ४ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने पौडेलले बताए । सुपरस्पेशलिष्ट क्लिनिक सञ्चालन गर्ने उपत्यका बाहिर भरतपुर अस्पताल पहिलो भएको उनको भनाइ छ । उनका अनुसार सुपरस्पेशलिष्टअन्तर्गत कलेजो रोग, मुत्रासयसम्बन्धी, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, टाउको तथा नसासम्बन्धी, हाडजोर्नीसम्बन्धी, घुँडा तथा जोर्नीसम्बन्धी, जोर्नी प्रत्यारोपणसम्बन्धी, नवजात शिशुसम्बन्धी, गिजासम्बन्धी र अनुहारको हाडजोर्नीसम्बन्धी सेवा रहेका छन् ।

अस्पतालले बिरामीको चाप बढ्दै गएपछि बिहान ८ देखि बेलुका ५ बजेसम्म जनरल बहिरङ्ग सेवा (जिओपिडी) सेवा सुरु गरेको छ । अस्पतालमा दन्त सेवाको बहिरङ्ग सेवा पनि बिहान ९ : ३० देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको छ । प्रा डा पौडेलका अनुसार अन्य नियमित बहिरङ्ग सेवा, शल्यक्रिया, क्लिनिकल सेवा बिहान ९ : ३० देखि दिउँसो २ : ३० बजेसम्म सञ्चालन हुनेछन् । बहिरङ्ग र जिओपिडीको टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ ।

सबैखाले बहिरङ्ग सेवाको टिकट बिहान ७ : ३० देखि १२ बजेसम्म हुनेछ भने जिओपिडी तथा पेइङ ओपिडीको टिकट पुन : दिउँसो १ देखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ । हरेक शुक्रबार भने ओपिडीको जाँच १ : ३० बजेसम्म र जिओपिडी तथा पेइङ ओपिडीको दिउँसो ३ बजेसम्म कायम रहने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ०० बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको