भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु « Khabarhub

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ । अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए । केही दिनमा सेवा थप हुँदै जाने उनको भनाइ छ ।

विशेषज्ञ क्लिनिक र जनरल बहिरङ्ग सेवा (जिओपिडी)बाट सिफारिस भएमा बिहान १० देखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा डा पौडेलले बताए । यसरी सिफारिस हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ । उनले भने, ‘जिओपिडी र ओपिडीको टिकट लिने बिरामीले सिधै अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, सिफारिस भएमा सेवा लिन पाउँछन् ।’

दिउँसो १ देखि २ बजेसम्म पेइङ क्लिनिकमा रु ५०० को टिकट लिएर अपराह्न १ देखि ४ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने पौडेलले बताए । सुपरस्पेशलिष्ट क्लिनिक सञ्चालन गर्ने उपत्यका बाहिर भरतपुर अस्पताल पहिलो भएको उनको भनाइ छ । उनका अनुसार सुपरस्पेशलिष्टअन्तर्गत कलेजो रोग, मुत्रासयसम्बन्धी, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, टाउको तथा नसासम्बन्धी, हाडजोर्नीसम्बन्धी, घुँडा तथा जोर्नीसम्बन्धी, जोर्नी प्रत्यारोपणसम्बन्धी, नवजात शिशुसम्बन्धी, गिजासम्बन्धी र अनुहारको हाडजोर्नीसम्बन्धी सेवा रहेका छन् ।

अस्पतालले बिरामीको चाप बढ्दै गएपछि बिहान ८ देखि बेलुका ५ बजेसम्म जनरल बहिरङ्ग सेवा (जिओपिडी) सेवा सुरु गरेको छ । अस्पतालमा दन्त सेवाको बहिरङ्ग सेवा पनि बिहान ९ : ३० देखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको छ । प्रा डा पौडेलका अनुसार अन्य नियमित बहिरङ्ग सेवा, शल्यक्रिया, क्लिनिकल सेवा बिहान ९ : ३० देखि दिउँसो २ : ३० बजेसम्म सञ्चालन हुनेछन् । बहिरङ्ग र जिओपिडीको टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ ।

सबैखाले बहिरङ्ग सेवाको टिकट बिहान ७ : ३० देखि १२ बजेसम्म हुनेछ भने जिओपिडी तथा पेइङ ओपिडीको टिकट पुन : दिउँसो १ देखि २ बजेसम्म काट्न सकिने व्यवस्था गरिएको छ । हरेक शुक्रबार भने ओपिडीको जाँच १ : ३० बजेसम्म र जिओपिडी तथा पेइङ ओपिडीको दिउँसो ३ बजेसम्म कायम रहने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ०० बजे

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि