एसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात | Khabarhub Khabarhub

एसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको भुटान १७ ओभर ५ बलमा समेटिँदा मात्र ४४ रन बनाउन सक्यो ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी सङ्गीता राईले ४, कविता कुँवर र सीता राना मगरले समान २-२ तथा अस्मिना कर्मचार्य र ईन्दु बर्माले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले २६ रन र कप्तान रुबिना क्षेत्रीले २१ रन बनाइन् ।

शनिबार हुने खेलमा नेपालले कुवेतसँग दिउँसो पौने १ बजे प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा नेपाल र बहराइन आमने सामने हुनेछन् । चौथो खेलमा नेपाल र हङकङ भिड्नेछन्।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : १८ बजे

पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम

खाद्य व्यवस्था कम्पनीको सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

काठमाडौँ– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ

नेकपा एकीकृतको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

काठमाडौँ–  नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज

सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

बाजुरा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ