एसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात « Khabarhub

एसीसी महिला टी–२० : नेपालको विजयी सुरुवात


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको भुटान १७ ओभर ५ बलमा समेटिँदा मात्र ४४ रन बनाउन सक्यो ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी सङ्गीता राईले ४, कविता कुँवर र सीता राना मगरले समान २-२ तथा अस्मिना कर्मचार्य र ईन्दु बर्माले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले २६ रन र कप्तान रुबिना क्षेत्रीले २१ रन बनाइन् ।

शनिबार हुने खेलमा नेपालले कुवेतसँग दिउँसो पौने १ बजे प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा नेपाल र बहराइन आमने सामने हुनेछन् । चौथो खेलमा नेपाल र हङकङ भिड्नेछन्।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : १८ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको