प्रि-पोन्ड भयो ‘झिँगेदाउ’ « Khabarhub

प्रि-पोन्ड भयो ‘झिँगेदाउ’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ को प्रदर्शन प्रि-पोन्ड भएको छ । भाद्र ३१ मा प्रदर्शन हुने भनिएको फिल्म अब दुई साता अगाडि नै प्रदर्शन हुनेछ । निर्माण टिमले भाद्र १७ लाई प्रदर्शन तय गर्दै प्रचार सामग्री सार्वजनिक गरेका छन् । डेढ दशकअघि व्यावसायिक सफल फिल्म निर्देशकका रूपमा चिनिने ज्ञानेन्द्र यसै फिल्म मार्फत निर्देशनमा फर्किएका छन् । फिल्ममा मुकुन भूषाल, केकी अधिकारी, आँचल शर्मालगायतको अभिनय रहेको छ । 

प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लि को ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ भने यसको पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ०५ बजे

धनुषामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा झडप, १२ जना घाइते

धनुषा – धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी