सुशासन कायम गर्न प्रधानमन्त्री देउवाको निर्देशन  « Khabarhub

सुशासन कायम गर्न प्रधानमन्त्री देउवाको निर्देशन 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् 

जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम  गरी जनभावनाअनुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे । कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । 

आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : १८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६