मलेसियामा २ हजार ३३ जना नयाँ कोरोना सङ्क्रमित थपिए « Khabarhub

मलेसियामा २ हजार ३३ जना नयाँ कोरोना सङ्क्रमित थपिए


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा गएको २४ घन्टामा २ हजार ३३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । मलेसियामा बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार थ्यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । अहिलेसम्ममा मलेसियामा कोरोना भाइरसको सङ्क्रमणबाट ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ ।

मलेसियाका स्वास्थ्य अधिकारीहरुले अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ ।

तर पछिल्ला केही हप्ता यता भने त्यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : १७ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै