‘एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो’- बामदेव गौतम  « Khabarhub

 ‘एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो’- बामदेव गौतम 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्। 

 गौतमले उक्त कार्यक्रम सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको हो भन्ने कुरा संसद्मा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताए। गौतम कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री थिए। यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओलीले यसलाई अघि बढाउने काममा संलग्न भएको भन्दै गौतमले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे। उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने पनि बताए। 

त्यस्तै गौतमले सरकार र सरकारको नेतृत्व गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि बताए। सो प्रस्तावबारे संसद्मा आएर जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आग्रह गरे।

 ‘एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभएको हो एसपीपी । तर सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु। नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री केपी ओली त्यसमा संलग्न हुनुहुन्छ। अब सदनलाई साँचो कुरा बताउनु पर्छ र सत्य बताउँदा कोही पनि सानो हुँदैन। पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन। एमसीसी पास गरेलगत्तै एसपीपी आयो। यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्यादै संवदेनशील भएँ, झसंग भएँ।’ उनले भने 

एसपीपी सम्झौता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको पनि उनले बताए । महत्त्वपूर्ण विषयमा राष्ट्रलाई जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसद्मा उपस्थित हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ४६ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको