फिफाद्वारा विश्वकप फुटबल २०२६ का आयोजक सहरहरूको नाम सार्वजनिक « Khabarhub

फिफाद्वारा विश्वकप फुटबल २०२६ का आयोजक सहरहरूको नाम सार्वजनिक


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व फुटबल महासंघ फिफाले विश्वकप फुटबल २०२६ को समूह चरणका खेलहरु आयोजना गर्ने १६ सहरको नाम सार्वजनिक गरेको छ ।

अमेरिकाको न्यूयोर्कबाट शुक्रबार प्रसारण गरिएको प्रत्यक्ष टेलिभिजन कार्यक्रममार्फत फिफाले आयोजक सहरहरूको नाम घोषणा गरिएको हो ।

सन् २०२६ मा विश्वकपको आयोजनाको मौका उत्तर अमेरिकी महादेशले पाएको छ । उत्तर अमेरिकाका अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

तीन मुलुकहरुले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप यो इतिहासमा नै पहिलो रहेको जनाइएको छ । यस विश्वकपमा फिफाले सहभागी राष्ट्रहरुको संख्या पनि ३२ बाट बढाएर ४८ पुर्‍याउने बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ५३ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९