अमृत गुरुङले गाए 'दोख'  | Khabarhub Khabarhub

अमृत गुरुङले गाए ‘दोख’ 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयको पर्खाइ पश्चात प्रदर्शन तय गरेको फिल्म  ‘दोख’ ले प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बराल निर्देशित फिल्मको ‘वन चरी उड्यो’ गीत सार्वजनिक भएको छ । गीतलाई नेपथ्यका भोकलिस्ट अमृत गुरुङले गाएका छन् । सार्वजनिक गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । शीर्षकको सार बताउने गीत मार्फत फिल्मको कथालाई व्यक्त गरिएको छ । गीतमा आउने दृश्य पनि कथासार मै छन् । 

माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको ‘दोख’ मा द्वन्द्वकालमा सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई देखाइएको निर्देशक बरालले बताएका छन् । यो फिल्म निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो ।

असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुइँचालोकै समयतिर बनाउन सुरु गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही सयम रोकिएको थियो। कहिले भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धकेलिँदै गएको फिल्मले अन्ततः प्रदर्शन तय गरेको हो ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, वनमाथि उनकै रजाँई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ४६ बजे

नौ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा झण्डै १२ खर्ब

आगामी बजेटको प्राथमिकतामा समृद्ध नेपाल, सुखी नेपालीदेखि निजी क्षेत्रको लगानी प्रवर्द्धनसम्म

काठमाडौं– सरकारले आगामी बजेटमा समृद्ध नेपाल, सुखी नेपालीदेखि निजी क्षेत्रको

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा