मंकीपक्सको आशङ्का गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि « Khabarhub

मंकीपक्सको आशङ्का गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार २९ मुलुकमा एक हजार बढीमा मंकीपक्सका बिरामी भेटिएका छन् । नेपालमा आजसम्म कसैलाई पनि मंकीपक्स पुष्टि भएको छैन । मंकीपक्स फैलन नदिन मन्त्रालय सचेत र सतर्क रहको बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : २४ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६