‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने गिरोह पक्राउ  « Khabarhub

‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने गिरोह पक्राउ 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंमा विभिन्न व्यक्तिहरूलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक गिरोह पक्राउ परेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरूको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको पंहरीले जनाएको छ। पक्राउ पर्नेमा दुई महिला र चार जना पुरुष रहेका छन्।

प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सिकोला बस्ने १८ वर्षीया मनिषा परियार,  हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वर्ष ३० को पासाङ लामालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सो समूहले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गर्ने गर्दछन्। त्यसपछि पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दबाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गर्न सुरु गर्छन्। अनि केटीका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेको अनुसन्धानले देखाएको छ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : २१ बजे

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ : पर्यटनमन्त्री पौडेल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै