जिसस सर्लाही सभापतिमा कांग्रेस र उपसभापतिमा माओवादीका उम्मेदवार निर्विरोध « Khabarhub

जिसस सर्लाही सभापतिमा कांग्रेस र उपसभापतिमा माओवादीका उम्मेदवार निर्विरोध


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्ला समन्वय समिति सर्लाहीको सभापतिमा नेपाली कांग्रेस र उपसभापतिमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भएका छन् ।

निर्वाचन तालिका अनुसार शुक्रबार समन्वय सभापति र उपसभापतिसहित सम्पूर्ण पदमा पद संख्या अनुसार मात्र उम्मेदवारी परेको हो । पद संख्या अनुसार मात्र उम्मेदवारी परेका कारण सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन बाँकी रहेकोले निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरेको छैन । 

जिल्ला निर्वाचन स्रोतका अनुसार शुक्रवार अपराह्न ५ बजेपछि निर्विरोध निर्वाचित भएका पदाधिकारीको नाम घोषणा गर्ने तयारी छ । उम्मेदवारी दर्ता प्रक्रिया अनुसार सभापतिमा नेपाली कांग्रेसका कौशल किशोर सिङको मात्र उम्मेदवारी परेको छ । बलारा नगरपालिकाको मेयरमा पराजित भएका सिंह माओवादी केन्द्रसँग नै तालमेल गरी कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । 

यस्तै जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जितेन्द्र कुमार महतोको मात्र उम्मेदवारी परेको छ ।  सदस्य पदमा नेपाली कांग्रेसका जलाउदिन मिया, राम बहादुर बमजन तामाङ र माओवादी केन्द्रका हिम बहादुर कार्की, महिला सदस्य पदमा नेपाली कांग्रेसकी पासपति देवी थरुनी, रामशिला कुमारी यादव र रेखा देवीको मात्र उम्मेदवारी परेको छ ।

यस्तै दलित एवं अल्पसंख्यक सदस्य पदमा नेपाली कांग्रेसकी सोनावती देवी बैठाको उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए । २० वटा पालिका रहेको सर्लाहीमा नेपाली कांग्रेस एक्लैको २३ मत रहेको थियो । कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा १२ पालीकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो । दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले जिल्लामा ४ पालिकामा प्रमुख र ४ पालिकामा उप प्रमुख जितेको छ । भने, संघीय समाजवादीले दुई पालिका तथा नेकपा एमाले र  लोकतान्त्रिक समाजवादीले एक/एक स्थानमा प्रमुख उपप्रमुख जितेका थिए । स्पष्ट बहुमत रहे पनि नेपाली कांग्रेसमा अन्तिम सम्म दुई उम्मेदवारबीच कडा रस्साकस्सी देखियो । 

उम्मेदवारीको अघिल्लो दिन बिहीबार साँझ सम्म कांग्रेसका पूर्व केन्द्रीय सदस्य जंगिलाल रायका भाइ जगर्नाथ राय र कौशल किशोर सिङ टिकटको कडा दौडधुपमा थिए । अन्ततः प्रदेश कमिटीले सिङलाई टिकट दिएर पठाएको हो । सिंहले शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर माओवादीसँगको गठबन्धनसहित उम्मेदवारी दिएका हुन् । 

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, सदस्य, महिला सदस्य र दलित तथा अल्पसंख्यक सदस्य गरी ९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । यससँगै सर्लाहीमा गत वैशाखमा सुरुभएको स्थानीय तह निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : ४५ बजे

राजदूतहरूसँग प्रधानमन्त्री शाहले : सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा नेपाल विश्वास गर्छ

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच

कालिका नगरद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

काठमाडौं– चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग सहकार्यको प्रस्ताव

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव