स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा   « Khabarhub

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा  

६ करोड २४ लाख बिगो दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ सम्पत्ति आर्जन गरेको ठहर गर्दै आव विशेष अदालत काठमाडौँमा अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा भण्डारीसँग ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो दाबी गरिएको छ ।

भण्डारीले २०७३ असोज २१ मा रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउन १ गते स्वैच्छिक अवकाश लिएका थिए ।

सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्वको बचत समेत गरी २६ लाख ६१ हजार ६३६ आय आर्जन गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

सो अवधिमा उनले ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानमा पाइएको छ । ठूलो रकम गैरकानूनीरुपमा आर्जन गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : १२ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न