एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री र कानूनमन्त्री बालकोटमा « Khabarhub

एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री र कानूनमन्त्री बालकोटमा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिकता विधेयक सम्बन्धी छलफलका लागि गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री गोविन्द कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानून मन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए ।

सरकारले बजेट पारित भए लगत्तै नागरिकता विधेयक संसद्मा लगेर द्रुत गतिमा पारित गर्ने योजना बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बजेट लगत्तै नागरिकता विधेयक संसद्मा पेस गर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : २३ बजे

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै

नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा कार्यक्रम सम्पन्न

दोहा – नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाली

पेरुको अस्थिर राजनीति र डिनाको जिम्मेवारी

पेरुको राजनीतिले नाटकीय मोड लिएपछि पेरुको इतिहासमा पहिलो पटक महिला

काठमाडौँमा कुहिने फोहर न्यूनीकरण अभियान सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरु गरेको छ।

मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण गरिँदै

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित