सर्वाधिक फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू  « Khabarhub

सर्वाधिक फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा हरेक वर्ष कति नयाँ फिल्म बन्छन् कमैलाई हेक्का हुन्छ। त्यसमध्ये हिट भएका मात्रै दर्शक र फिल्म लभरहरूले याद गर्छन् । तर, फिल्ममा देखिएका कलाकारहरूले अहिलेसम्म कति वटा फिल्ममा अभिनय गरेका छन् भन्ने धेरै चासो हुन्छ । विश्वमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने रेकर्ड दक्षिण भारतीय अभिनेत्री मनोरमाको नाममा छ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले बलिउडमा सर्वाधिक फिल्ममा अभिनय गरेका छन्। यो सूचीमा पहिलो नाम अभिनेत्री ललिता पवारको छ । ललितालाई बलिउडको ‘फस्ट लेडी’ पनि भनिन्छ। सन् १९२८ मा फिल्मी करियर सुरु गरेकी ललिताले सन् १९९८ सम्म करिब सात सय फिल्ममा अभिनय गरिन्।

सन् ८० देखि ९० को दशकमा ललिता भिलेन चरित्रमा निकै लोकप्रिय रहिन्। उनले ‘चतुर सुन्दरी’, ‘श्री ४२०’, ‘दलेर’, ‘पृथ्वीराज चौहान’ जस्ता फिल्ममा अभिनय गरिन्। उनले रामानन्द सागरको प्रख्यात धार्मिक टेलिफिल्म ‘रामायण’ मा मन्थराको चरित्रमा विशेष पहिचान बनाएकी थिइन्।

सन् १९७४ मा फिल्मी करियर सुरुवात गरेका अभिनेता शक्ति कपुरले कयौँ उत्कृष्ट फिल्ममा अभिनय गरेका छन्। उनले करिब सात सय फिल्ममा काम गरेका छन्। सन् ८० देखि ९० को दशकमा उनी कमेडी र भिलेन चरित्रमा लोकप्रिय थिए। अभिनेता अनुपम खेरले पाँच सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको फिल्मी करियरको सुरुवात सन् १९८४ को फिल्म ‘सारांश’ बाट भएको थियो । यो फिल्ममा २९ वर्षका अनुपमले एक ६५ वर्षको व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

६ दशकदेखि बलिउडमा अलग पहिचान बनाएकी अरुणा इरानीले हालसम्म पाँच सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् १९६१ मा फिल्म ‘गंगा जमुना’ बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

बलिउडमा कयौँ आइकोनिक भिलेनको भूमिका अभिनेता अमरीश पुरीले पनि निर्वाह गरेका छन् । उनले सन् १९६७ देखि सन् २००५ सम्म करिब चार सय ५० फिल्ममा अभिनय गरे । अभिनेता ओम पुरीले पनि तीन सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । अभिनय र उनको स्वरका जो कोही दर्शक फ्यान हुन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : १२ बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा