सर्वाधिक फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू  | Khabarhub Khabarhub

सर्वाधिक फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा हरेक वर्ष कति नयाँ फिल्म बन्छन् कमैलाई हेक्का हुन्छ। त्यसमध्ये हिट भएका मात्रै दर्शक र फिल्म लभरहरूले याद गर्छन् । तर, फिल्ममा देखिएका कलाकारहरूले अहिलेसम्म कति वटा फिल्ममा अभिनय गरेका छन् भन्ने धेरै चासो हुन्छ । विश्वमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने रेकर्ड दक्षिण भारतीय अभिनेत्री मनोरमाको नाममा छ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले बलिउडमा सर्वाधिक फिल्ममा अभिनय गरेका छन्। यो सूचीमा पहिलो नाम अभिनेत्री ललिता पवारको छ । ललितालाई बलिउडको ‘फस्ट लेडी’ पनि भनिन्छ। सन् १९२८ मा फिल्मी करियर सुरु गरेकी ललिताले सन् १९९८ सम्म करिब सात सय फिल्ममा अभिनय गरिन्।

सन् ८० देखि ९० को दशकमा ललिता भिलेन चरित्रमा निकै लोकप्रिय रहिन्। उनले ‘चतुर सुन्दरी’, ‘श्री ४२०’, ‘दलेर’, ‘पृथ्वीराज चौहान’ जस्ता फिल्ममा अभिनय गरिन्। उनले रामानन्द सागरको प्रख्यात धार्मिक टेलिफिल्म ‘रामायण’ मा मन्थराको चरित्रमा विशेष पहिचान बनाएकी थिइन्।

सन् १९७४ मा फिल्मी करियर सुरुवात गरेका अभिनेता शक्ति कपुरले कयौँ उत्कृष्ट फिल्ममा अभिनय गरेका छन्। उनले करिब सात सय फिल्ममा काम गरेका छन्। सन् ८० देखि ९० को दशकमा उनी कमेडी र भिलेन चरित्रमा लोकप्रिय थिए। अभिनेता अनुपम खेरले पाँच सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको फिल्मी करियरको सुरुवात सन् १९८४ को फिल्म ‘सारांश’ बाट भएको थियो । यो फिल्ममा २९ वर्षका अनुपमले एक ६५ वर्षको व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

६ दशकदेखि बलिउडमा अलग पहिचान बनाएकी अरुणा इरानीले हालसम्म पाँच सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् १९६१ मा फिल्म ‘गंगा जमुना’ बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

बलिउडमा कयौँ आइकोनिक भिलेनको भूमिका अभिनेता अमरीश पुरीले पनि निर्वाह गरेका छन् । उनले सन् १९६७ देखि सन् २००५ सम्म करिब चार सय ५० फिल्ममा अभिनय गरे । अभिनेता ओम पुरीले पनि तीन सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । अभिनय र उनको स्वरका जो कोही दर्शक फ्यान हुन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : १२ बजे

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम