कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’  « Khabarhub

कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’ 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार कमल हासनले आफ्नो स्टारडम हालै रिलिज फिल्म ‘विक्रम’ को सफलताबाट प्रमाणित गरिसकेका छन्। लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ। कमल फिल्मको सफलताले खुशी छन्। उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको ब्यानरमा निर्माण गरेका हुन्। फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ। यही विषयमा उनले मुख खोलेका छन्।

‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु। यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन। अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन। मलाई कुनै विशेष उपनाम पनि चाहिएन। मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन्।

फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’ को सिक्वेल हो। यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए। यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन्। फिल्ममा विजय सेतुपति, फहद फासिलसूर्याको पनि अभिनय छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १० बजे

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली,

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा