जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति « Khabarhub

जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार दिउँसो आगलागी भएको हो ।

आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका विभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् सञ्चालन गर्दै आएका थिए । आगलागीको खबर पाएलगत्तै प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीसहितको प्रहरी टोली, विपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको थियो । 

आगलागीबाट सोही घरमा बस्ने ६९ वर्षीय सरधुन श्रेष्ठ, ६१ वर्षीय भगवती श्रेष्ठ, ३८ वर्षीय शिव श्रेष्ठ, मशव श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा मदप्सन श्रेष्ठलाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको रानाले जानकारी दिए । उनीहरू सबै धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ४६ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको