विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने एक जना पक्राउ    | Khabarhub Khabarhub

विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने एक जना पक्राउ   


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गर्ने बारा सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका कार्कीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले जानकारी दिएका ५न्। उनले कार्कीबाट ठगीएका अरु व्यक्ति भए सम्पर्कमा आउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : १८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी