विद्यालय छाडेका बालिकालाई शिक्षामा टिकाउन चुनौती « Khabarhub

विद्यालय छाडेका बालिकालाई शिक्षामा टिकाउन चुनौती


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि र विद्यालय छाडेका बालिकालाई विद्यालयमा टिकाइराख्न बजेट वृद्धि र प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप) ले आज आयोजना गरेको विज्ञहरुसँगको छलफल कार्यक्रममा संविधानको मौलिक हकमा शिक्षालाई राखिएको र आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको कानूनी प्रबन्ध भएकाले सोको कार्यान्वयन हुनुपर्ने बताइएको हो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै सिजपका पूर्वअध्यक्ष नरेन्द्र डङ्गोलले विशेष संरक्षण आवश्यक भएका बालबालिकाको शिक्षाका लागि लगानी बढाउनुपर्ने र त्यस्ता अभिभावकलाई आर्थिक सहयोग गर्नुपर्ने बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७६ अनुसार प्राथमिक तहको खुद भर्नादर ९७ दशमलव एक प्रतिशत र आधारभूत तहको खुद भर्नादर ९३ दशमलव नौ प्रतिशत रहेको छ । सो प्रतिवेदन अनुसार ३९ दशमलव तीन प्रतिशत बालबालिका माध्यमिक तह पूरा नगरी कक्षा दोहोर्‍याउन वा विद्यालय छाड्न विवश छन् ।

कार्यक्रममा सिजपका पूर्वअध्यक्ष भानु पराजुली, महासचिव मीना शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका महासचिव लालबहादुर वली, एजुकेशन वाच ग्रुपका सदस्य कृष्णचन्द्र आचार्य, प्लान नेपालकी शान्ति उपाध्याय, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाललगायतले संविधानतः आधारभूत तह निःशुल्क भनिएपछि सामुदायिक विद्यलायमा कुनै पनि प्रकारको शुल्क लिइन नहुने र घोषित छात्रवृत्तिहरु पारदर्शीरूपमा लक्षित समुदायमा वितरण हनुपर्नेमा जोड दिएका थिए ।

छलफलबाट प्राप्त सुझावलाई ज्ञापनपत्रका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश सरकार र स्थानीय तहलाई हस्तान्तरण गरिने सिजपका सचिवालय संयोजक गोपाल ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ४१ बजे

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत