‘कबड्डी ४’ ले पुरा गर्‍यो ५१ औँ दिन, स्वदेशसँगै विदेशमा पनि बनायो रेकर्ड  « Khabarhub

‘कबड्डी ४’ ले पुरा गर्‍यो ५१ औँ दिन, स्वदेशसँगै विदेशमा पनि बनायो रेकर्ड 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फाइनल म्याच नाम दिइएको कबड्डी सिरिजको चौथो फिल्म ‘कबाड्डी ४ : द फाइनल म्याच’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । शनिबार फिल्मले ५१ औँ दिन पुरा गरेको हो ।

कोरोना भाइरसको महामारी पश्चात् यस फिल्मले दर्शक हलसम्म ल्याउन सकिने गतिलो उदाहरण पेश गरेको छ । सो अवधिमा फिल्मले घरेलु बक्स अफिसमा २२ करोड ८३ लाख ३८ हजार ८ सय ६४ रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएका छन् । फिल्मले क्युएफएक्स, विग मुभिज, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, रन्जना सिनेप्लेक्स लगायतका हलहरूमा ५१ औँ दिन पुरा गरेको हो ।

शनिबारै फिल्मले अस्ट्रेलियामा पनि ५१ दिन ‘सेलिब्रेसन’ गरेको छ । नेपालमा रिलिज भएकै दिन अष्ट्रेलियाको विभिन्न सहरमा फिल्म रिलिज भएको हो।अष्ट्रेलिया प्रदर्शन अधिकार लिएका रोशन भट्टराईको अनुसार कुल ९० शोमध्ये सिड्नीमा मात्र ३९ शो थियो । ३८ लाख रुपैयाँमा अस्ट्रेलियामा फिल्मको राइट खरिद गरेको हो। ‘कबड्डी ४’ ‘जात्रैजात्रा’ पछि अष्ट्रेलियामा धेरै कमाउने नेपाली फिल्म समेत बनेको छ । रोशनले फिल्मले दर्शकमा राम्रो क्रेज बनाएमा दर्शकको साथ पाउने कबड्डीले प्रस्ट्याएको बताए ।

अष्ट्रेलियामा कबड्डी सिरिजसँगै जात्रा सिरिज , छक्का पञ्जा सीरिज र शत्रु गतेले राम्रो मुनाफा दिलाउन सफल भएको फिल्महरू हुन् । फिल्मले अष्ट्रेलियासँगै ,  जापान , भारत, युरोप, मध्यपूर्व र हङकङमा समेत राम्रो कमाई गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई , सौगात मल्ल , मिरुना मगर , विजय बराल , बुद्धि तामाङ लगायतको  अभिनय रहेको छ । फिल्मलाई मणिराम पोखरेलले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति