एक वर्षमा ६० फरार अभियुक्त पक्राउ « Khabarhub

एक वर्षमा ६० फरार अभियुक्त पक्राउ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्जुङ- प्रहरीले चालु आर्थिक वर्षमा ६० फरार अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरी प्रमुख लमजुङका डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला छन्। उनका अनुसार पक्राउ परेका सबैबाट कुल ३९ वर्ष तीन महिना नौ दिन कैद र एक करोड ३६ लाख १८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ ।

लमजुङ प्रहरीका अनुसार गत आव २०७७ / ७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ फरार अभियुक्त पक्राउ परेका थिए । उनीहरूबाट तीन लाख ५३ हजार तीन सय ५० रुपैयाँ जरिवाना र १६ वर्ष ६ महिना तीन दिन कैद असुल गरेको थियो। पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरेर फरार प्रतिवादी पक्राउ गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : १७ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको