खस्किएको हो पूजाको स्टारडम ?  | Khabarhub Khabarhub

खस्किएको हो पूजाको स्टारडम ? 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूजा शर्मा सञ्चारकर्मी हुँदै फिल्ममा उदाइन् । सुदर्शन थापा निर्देशित फिल्म ‘मधुमास’ मार्फत उनको पहिचान नायिकाको रुपमा स्थापित भयो । रिलिजको हिसाबले उनको पहिलो फिल्म ‘थ्री लभर्स’ भएता पनि उनलाई चिनाउने फिल्म यहि हो । त्यसो त उनले मेरो बेस्ट फ्रेन्डमा पनि अभिनय गरिसकेकी थिइन् । तर, रिलिजको हिसाबले उनको तेस्रो फिल्म बन्यो ।

पूजालाई अहिले दर्शकले गीतको उपनाम समेत दिएका छन् । सुदर्शनकै निर्देशनमा तयार भएको फिल्म ‘प्रेम गीत’ मार्फत उनले यो उपनाम पाएकी हुन् । त्यसपछि ‘म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा उनी पपुलर नायिकामा स्थापित भइन् । उनको फिल्मलाई दर्शकको साथ मिल्यो । फलतः एउटा निश्चित रकम उनमा निर्मातासँगै निर्देशकले पनि लगानी गर्न तयार भए । उनको पारिश्रमिक पनि बढ्यो ।

उनको फ्यानकै कारण सुरुवाती दिनमा दर्शकको भिडभाड हुने गर्थ्यो । यद्यपि यो पछिल्लो समय देखिन छाडेको छ । उनको अभिनय रहेको फिल्म गत शुक्रबार देखि प्रदर्शनरत छ । यद्यपि दर्शक हलमा छैनन् । उनी पनि रिलिजको फिल्म छाडेर आफ्नो लगानी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को शो मा सहभागी हुन् अष्ट्रेलिया पुगेकी छिन् । उनकै पछिल्लो फिल्म ‘रामकहानी’ को समयमा दुई पटकसम्म प्रवेशाज्ञा नपाएकी पूजा यसपटक अनुमति पाउना साथ अष्ट्रेलिया पुगेकी छिन् ।

तर, सोही फिल्मले समेत नेपालमा लगानी सुरक्षित गर्न सकेन । पल शाह प्रकरणले ‘म यस्तो गीत गाउँछु २’ हेर्न अष्ट नारायण हलमा दर्शकको राम्रै भिड जम्मा भयो । पूजा शर्माले फिल्म चलाउन पुर्पक्षका लागि थुनामा रहेका पल शाहको टिसर्ट प्रिन्ट गराएर पलविना फिल्म नै नबनाउने घोषणादेखि शब्दैपिच्छे रुवावासी गरिन् । यसले केही दिन फिल्ममा दर्शकको उपस्थिति देखियो ।

तर, उनको फ्यानको कमाल यसपटक देखिएन । उनको स्टारडम र सोसल मिडियामा चर्चा देखेर लगानी गर्ने लगानीकर्ता झस्किएका छन् । त्यसो त आफ्नै दममा फिल्म चलाउने गरेको सोच्ने पूजाले आफ्नै व्यानरको पछिल्लो समयको व्यापार देखेर आगामी प्रोजेक्टको लागि अनमोल केसीको स्टारडमको सहारा लिँदै छिन् । यसले पनि उनको एकल स्टारडम खस्किएको सहजै अनुमान लगाइएको थियो । जसलाई उनी अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को रिलिजले प्रस्ट्याएको छ ।

फिल्ममा उनका जोडी आकाश श्रेष्ठ पनि छन् । तर , सुरुवाती दिनकै व्यापार छैन । यसले गर्दा फिल्म मुस्किलले एक साता हलमा टिक्ने देखिएको छ । रिलिज भएको तीन दिन नबित्दै फिल्म हलबाट शो कौतौतीको मारमा छ । मल्टिप्लेक्सबाट सो हटेर एक सोमा आइपुगेको छ भने सिंगल थिएटरमा पनि फिल्मको व्यापार निराशाजनक रहेको वितरक बताउँछन् । फिल्म चलाउनलाई पूजाले राम्रै जोर लगाएकी थिइन् । लगभग सम्बन्ध विच्छेद भइसकेका पूर्व प्रेमी आकाश श्रेष्ठसँग पनि सम्झौता गरेकी थिइन् । तर दर्शकले न पूजालाई पत्याएको देखियो न फिल्मलाई ।

हलमा आएका फ्यान समेत विभाजित सुनिए । पूजाले आकाशको पक्षमा चर्को नारा सुनिएपछि फिल्म दुवैको हो भन्दै आक्रोश पोखेकी थिइन् । फिल्ममा आफूले पाएको भूमिकालाई जीवन्त बनाउने भन्दा पनि अन्य कारणले चर्चामा आउने पूजाले आउँदो दिनमा फ्यानको कस्तो साथ पाउँछिन् ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ३१ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको