देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा « Khabarhub

देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यस वर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रूपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट क्षेत्रलाई उज्यालो पारिएको बताए । “भक्तजन धेरै आउने भएकाले स्नान क्षेत्र तथा भक्तजन बस्ने ठाउँलाई उज्यालो बनाउन बत्ती जडान गरेका छौँ”, उनले भने । बोलबम मेला अवधिमा करिब एक लाख ५० हजार भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न अन्य सोमबार २० हजार हाराहारी र अन्तिम सोमबार ५० हजारभन्दा बढी भक्तजन आउने कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

घिमिरेले भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको बताए । स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, सशस्त्र र नेपाली सेनाका उद्वारक टोली परिचालन गरिने छ । स्नान गर्ने ठाउँमा डुङ्गा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिने छ ।

देवघाट क्षेत्र विकास समितिले चितवन र तनहुँतर्फ राखेका सचिवालयबाट जनचेतनामूलक जानकारी तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सोमबार बिहानै स्नान गर्नका लागि आइतबार साँझ देवघाट जाने भक्तजनलाई गलेश्वर, हरिहर, महेश आश्रमलगायतका आश्रम तथा मन्दिरले निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाएको छ ।

सोमबार हुनसक्ने भीडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जाने–आउने रुट निर्धारण गरेको छ । आँपटारी हुँदै देवघाट जाने सडकमा स्नान गरेका भक्तजनलाई मात्रै फर्किन मिल्ने गरी रुट निर्धारण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए ।

मेलामा सहभागी हुन रामनगर र ठिमुरा  हुँदै देवघाट पुग्ने सडक प्रयोग गर्ने व्यवस्था मिलाइएको उनले बताए । काठमाडौँ, पोखरा हुँदै आउने भक्तजन दासढुङगा पुल प्रयोग गरेर तनहुँतर्फको देवघाट पुग्न सक्नेछन् । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कनाथ पौडेलले सीताराम माविको खेलमैदान र नजिकैको सतनचुली सामुदायिक वन क्षेत्रको चौरमा पार्कीङस्थल निर्धारण गरिएको बताए।

क्षेत्र विकास समितिले सडकको दायाँबायाँ फुटपाथ पसल नराख्न आग्रह गरेको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा एक पटकमा एक सय बढी भक्तजन ओहोरदोहोर नगर्न सुझाइएको छ ।साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परेकाले धेरै भक्तजन आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ०५ बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर