सर्बियाबाट बंगलादेशका लागि उडेको विमान ग्रिसमा दुर्घटनाग्रस्त « Khabarhub

सर्बियाबाट बंगलादेशका लागि उडेको विमान ग्रिसमा दुर्घटनाग्रस्त


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुक ग्रिसमा मालवाहक विमान दुर्घटनामा परेको छ । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका हुन् ।

युक्रेनमा रहेको एउटा कम्पनीद्वारा सञ्चालित एन्टोनोभ एएन–१२ विमान सर्बियाबाट बंगलादेशका लागि उडेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त विमानमा रक्षासम्बन्धी उपकरण एवम् गोलावारुद रहेको बताइएको छ । दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ ।

ग्रिक अधिकारीले उक्त विमानमा आठ जना सवार रहेको बताएका छन् । युक्रेनी अधिकारीहरुले भने उक्त विमानमा सवार सबै युक्रेनी नागरिक रहेको जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सले उक्त विमानमा साढे ११ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै