सर्बियाबाट बंगलादेशका लागि उडेको विमान ग्रिसमा दुर्घटनाग्रस्त « Khabarhub

सर्बियाबाट बंगलादेशका लागि उडेको विमान ग्रिसमा दुर्घटनाग्रस्त


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुक ग्रिसमा मालवाहक विमान दुर्घटनामा परेको छ । उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका हुन् ।

युक्रेनमा रहेको एउटा कम्पनीद्वारा सञ्चालित एन्टोनोभ एएन–१२ विमान सर्बियाबाट बंगलादेशका लागि उडेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त विमानमा रक्षासम्बन्धी उपकरण एवम् गोलावारुद रहेको बताइएको छ । दुर्घटनापछि विमानमा आगो लागेको बताइएको छ ।

ग्रिक अधिकारीले उक्त विमानमा आठ जना सवार रहेको बताएका छन् । युक्रेनी अधिकारीहरुले भने उक्त विमानमा सवार सबै युक्रेनी नागरिक रहेको जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सले उक्त विमानमा साढे ११ टन कार्गो बोकेको र यसलाई सम्भावित खतरनाक भएको जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ४३ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्