आपराधिक ग्याङ्गको हिंसा र अत्यावश्यक वस्तुको अभावका कारण हाइटीको राजधानी ठप्प « Khabarhub

आपराधिक ग्याङ्गको हिंसा र अत्यावश्यक वस्तुको अभावका कारण हाइटीको राजधानी ठप्प


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आपराधिक ग्याङ्गको  क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिका कारण क्यारेबियन सागरमा अवस्थित मुलुक हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब ९९ जनाले ज्यान गुमाएका छन् भने १३५ जना घाइते भएका छन् ।

बेलायती अखबार द गार्जियनका अनुसार राजधानी सहरको सिते सोलिल नामक न्यून आय भएको बस्ती छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको हो ।

उक्त हिंसा छोटो समयमा नै चारैतिर फैलिएको बताइएको छ । अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था डक्टर्स विदआउट बोडर्स (एमएसएफ) का अनुसार हाल त्यहाँ हजारौं मानिसहरु पिउने पानी, खाना वा चिकित्सकीय सेवाबाट बञ्चित छन् ।

नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो । हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ ।’

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ५९ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा