आपराधिक ग्याङ्गको हिंसा र अत्यावश्यक वस्तुको अभावका कारण हाइटीको राजधानी ठप्प | Khabarhub Khabarhub

आपराधिक ग्याङ्गको हिंसा र अत्यावश्यक वस्तुको अभावका कारण हाइटीको राजधानी ठप्प


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आपराधिक ग्याङ्गको  क्रुर हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिका कारण क्यारेबियन सागरमा अवस्थित मुलुक हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब ९९ जनाले ज्यान गुमाएका छन् भने १३५ जना घाइते भएका छन् ।

बेलायती अखबार द गार्जियनका अनुसार राजधानी सहरको सिते सोलिल नामक न्यून आय भएको बस्ती छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको हो ।

उक्त हिंसा छोटो समयमा नै चारैतिर फैलिएको बताइएको छ । अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था डक्टर्स विदआउट बोडर्स (एमएसएफ) का अनुसार हाल त्यहाँ हजारौं मानिसहरु पिउने पानी, खाना वा चिकित्सकीय सेवाबाट बञ्चित छन् ।

नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो । हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ ।’

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ५९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण