सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट « Khabarhub

सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीच मौलिक एवं बहु आयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे। उनले नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताकाबीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे।

सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्‍याएको र नयाँ अध्यायको सुरुआत गरेको बताए। दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो ।

भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यसविरुद्ध जुँधिरहँदासमेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै राजदूत श्रीवास्तवलाई धन्यवाद दिए। उनले जलवायु परिवर्तनलगायत विश्व राजनीतिक मञ्चमा देखा परेका सङ्कट समाधानमा दुवै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राखे।

‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नुपर्छ”, सभामुख सापकोटाले भने। उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुवै देशका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने धारणा राखे। सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान चिन्तित बनेको उल्लेख गर्दै भेटमा मलको विषयलाई महत्त्वका साथ उल्लेख गर्न चाहेको बताए।

सभामुख सापकोटासँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले भारतको ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा  गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे। लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले सम्पर्क सञ्जालको अझै विस्तार गर्न सकिने धारणा राखे। जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको उल्लेख गर्दै राजदूत श्रीवास्तवले सामूहिक रूपमा समाधान खोज्नु पर्ने विचार व्यक्त गरे।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ४४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको