खाद्य असुरक्षा कम गर्न जी २० का नेताहरु सहमत « Khabarhub

खाद्य असुरक्षा कम गर्न जी २० का नेताहरु सहमत


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्रुप अफ २० अर्थात् जी २० का नेताले हाल विश्वमा समस्याका रुपमा देखा परेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।

जी २० का अर्थमन्त्री र गभर्नरहरुको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो सहमति भएको हो । जी २० का अर्थमन्त्री र गभर्नरहरुले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् ।

युक्रेन सङ्कट र अन्य कारणहरुले हालैका दिनहरुमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरुले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीहरुको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् ।

बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भने– ‘हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज रहेको छ ।’

उनले जी २० मा आबद्ध रहेका सबै देशहरुले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २० बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६