मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशुली –नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो ।

जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको मृत्यु भएको छ । ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लिखु गाउँपालिका–६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिए। उनका अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना ६२ प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छारेस्थित सडकछेउको विद्युतीय खम्बामा ठोक्किँदा घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । उनको छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २५ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता