दाङमा एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च | Khabarhub Khabarhub

दाङमा एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा एक महिनाको अवधिमा कुल बजेटको ४० प्रतिशत विकास बजेट खर्च गरिएको छ । प्रदेश सरकार अन्तरगतका कार्यालयमा कुल बजेटको ६३ प्रतिशत खर्च हुँदै गर्दा असार महिनामा मात्रै ४० प्रतिशत बजेट खर्च भएको छ ।

कुल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमा मात्रै ९२ करोड १९ लाख २५ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ । वर्षभरिमा भने कुल बजेटमध्ये १ अर्ब ८७ करोड ५ लाख ५ हजार ८ सय (५९.८७ प्रतिशत) रुपैयाँ खर्च गरेका छन् । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन् ।

सहकारी दर्ता अधिकारीको कार्यालय, राप्ती उपत्यकाले असारमै धेरै बजेट खर्च गरेको छ । चालु तर्फको बजेट १ करोड ४८ लाख २४ हजार मध्ये असारमा १६ लाख ५० हजार ६ सय र वर्षभरि १८ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । पुँजीगत तर्फको बजेट ९३ लाख १० हजार मध्ये असारमा ८२ हजार २ सय र वर्ष भरी १ करोड ११ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्षमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले कम खर्च गरेको छ । चालु तर्फको बजेट २० करोड ५५ लाख ९७ हजार मध्ये असारमा ४ करोड ७४ लाख ९४ हजार ३ सय ४८.२९ र वर्षभरि ९ करोड ४२ लाख ३३ हजार ९ सय रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । पुँजीगत तर्फको बजेट २९ करोड ८५ लाख मध्ये असारमा १ करोड ७२ लाख ३९ हजार ३ सय १२.७३ र वर्ष भरी १ करोड ८५ लाख ९८ हजार ४ सय १२.७३ रुपैयाँ खर्च गरेको छ ।

६३ प्रतिशत पुँजीगत खर्च

प्रदेश सरकारको करिब ६३ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पुँजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार बजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सुचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।

चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकार अन्तर्गत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताए ।

३८ प्रतिशत बजेट खर्च भएन

आव २०७८/७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन । कुल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये १ अर्ब ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रुपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ ।

स्थानीय निर्वाचन, सार्वजनिक खरिद नियमावली ११ औँ संशोधन, निमार्ण सामाग्रीको मूल्य वृद्धि लगायतका कारण विनियोजित बजेट लक्ष्य अनुरूप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताए । बजेटको आकारका हिसाब विनियोजित बजेट शतप्रतिशत प्रतिशत खर्च हुनुपर्ने हो । तर लक्ष्य अनुरूप खर्च नहुँदा विकास समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ४४ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा