दुई क्विन्टल ५० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

दुई क्विन्टल ५० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा २५ पोका (जम्मा दुई क्विन्टल ५० किलो) गाँजा बरामद गरेको गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : १८ बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन