५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जना पक्राउ « Khabarhub

५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जना पक्राउ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गस्थित जोरसिमल चेकप्वाइन्टबाट शनिवार सशस्त्र प्रहरीले ५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १ सय १ वटा र पाँच सय दरको ६ सय ३८ वटा भारतीय नोट फेला पारिएको हो । साथै सशस्त्र प्रहरीले उक्त कार समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ३८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल