सुरक्षाकर्मी परिचालन गरेर आज पनि काठमाडौंको फोहोर ढुवानी « Khabarhub

सुरक्षाकर्मी परिचालन गरेर आज पनि काठमाडौंको फोहोर ढुवानी


१ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ ।

फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

बुधबार पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकोले आवागमन सहज नहुनाले तीन तिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् ।

तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्दा प्रहरी परिचालन गर्ने महानगरको उद्देश्य नरहेको बताए । ‘ढुवानी गरेर ल्याण्डफिल साइट लैजान प्रहरी प्रशासन परिचालन गर्ने हाम्रो उद्देश्य होइन । फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिवद्धता हो,’ उनले भने ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  १० : ०३ बजे

इनम सापकोटा प्रकरणमा एमालेले भन्यो- प्रधानमन्त्रीका नाममा सबैलाई आतङ्कित बनाउन खोजियो

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान

१३ करोडको आँकडा छुन लाग्यो ‘कबड्डी ५’, तर किन सुस्तायो कमाइको रफ्तार ?

काठमाडौं– नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

सप्तरी– जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको

एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना