नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीद्वारा शपथ ग्रहण | Khabarhub Khabarhub

नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष ज्ञवालीद्वारा शपथ ग्रहण


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। श्रावण २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका ज्ञवालीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन्।

बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गभर्नर अधिकारीले बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरूमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरूको जानकारी समेत गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरू डा।सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा. तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ११ बजे

सङ्खुवासभामा टिपर दुर्घटनाः दुई मजदुरको मृत्यु, दुई घाइते

सङ्खुवासभा – मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण

भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली

काठमाडौं – यस वर्षको यमपञ्‍चक अर्थात्‌ तिहारका पाँच दिन सुरु

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी – राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई