लुम्बिनीमा पर्यटन व्यवसाय प्राथमिकतामा’ « Khabarhub

लुम्बिनीमा पर्यटन व्यवसाय प्राथमिकतामा’


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हुँदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउँछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री रानाले जिल्लामा ऐतिहासिक तथा धार्मिक, पर्यटकीय क्षेत्र प्रशस्त रहेका हुँदा यसको विकास गरेर नमूना पर्यटकीय सहर बनाउन सकिने बताए ।

लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा सदरमुकाम तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । सदरमुकाम आएका पर्यटकलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पुर्‍याउन पर्यटन विकासको आवश्यकता रहेको मन्त्री रानाको भनाइ छ । जिल्लामा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उनले यिनको विकास गरेर पाल्पा नमूना जिल्ला बन्ने बताए । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले ठूला लगानीमा व्यापार तथा व्यवसाय, उद्योग खुल्ने क्रम बढिरहेको बताए । लुम्बिनी र पोखरा आउने बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।  

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : ५१ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व