लुम्बिनीमा पर्यटन व्यवसाय प्राथमिकतामा’ « Khabarhub

लुम्बिनीमा पर्यटन व्यवसाय प्राथमिकतामा’


१ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हुँदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउँछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री रानाले जिल्लामा ऐतिहासिक तथा धार्मिक, पर्यटकीय क्षेत्र प्रशस्त रहेका हुँदा यसको विकास गरेर नमूना पर्यटकीय सहर बनाउन सकिने बताए ।

लुम्बिनी र पोखराको बीच भागमा पर्ने पाल्पा सदरमुकाम तानसेनमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । सदरमुकाम आएका पर्यटकलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पुर्‍याउन पर्यटन विकासको आवश्यकता रहेको मन्त्री रानाको भनाइ छ । जिल्लामा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थल रहेको उल्लेख गर्दै उनले यिनको विकास गरेर पाल्पा नमूना जिल्ला बन्ने बताए । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले ठूला लगानीमा व्यापार तथा व्यवसाय, उद्योग खुल्ने क्रम बढिरहेको बताए । लुम्बिनी र पोखरा आउने बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए ।  

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  २ : ५१ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई