घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी « Khabarhub

घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- समाजमा घरेलु हिंसा, कुटपिट, जबरजस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ ।

समाजमा हुने यस्ता खालका घटनाको छानबिन तथा समस्याको समाधान गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको हो । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै सञ्चालन गरेर सचेतना फैलाइरहेको छ । कानुनी ज्ञानको अभावका करण गाउँघरमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सचेतनाको अभियान थालेको हो ।

न्यायिक समितिले कानुनी सेवाको विषयमा जानकारी गराउने उद्देश्यले अभियानको थालनी गरेको छ । अभियानमार्फत घटनाको वर्गीकरण गरेर कस्ता घटनालाई स्थानीय तहले निरूपण गर्ने, कस्ता घटनाको मिलापत्र गर्ने, कस्ता घटना भए अदालत तथा प्रहरी समक्ष जाने लगायत विषयमा जानकारी दिँदै आएको छ ।

कानुनी ज्ञानको अभावले पनि विभिन्न आपराधिक घटना घट्ने गरेका छन् । कानुनी दण्ड, सजायसँगै कहीँ कतैबाट अन्याय भएमा कसरी न्याय पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन थालिएको हो । कार्यक्रममार्फत गाउँपालिकाभित्रका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, बालबालिका, विद्यार्थीलगायतलाई भेला पारेर सचेत गर्ने गरिएको छ ।

अभियानका क्रममा न्यायिक समितिको काम कर्तव्य र अधिकारसँगै समाजमा स्थानीयवासीले खेल्नुपर्ने सकारात्मक भूमिका विषयमा पनि जानकारी दिइएको छ । यो अभियान गाउँपालिकाका छ वटै वडामा सञ्चालन गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई बताउँछिन् । “समाजमा हुने विभिन्न खालका घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरिरहेका छौँ,” उनले भनिन्, “जनचेतना फैलाएसँगै यस्ता घटनामा क्रमिक रूपमा कमी आएको छ । हामीले सबै क्षेत्रका नागरिकलाई समेटेर सचेतना कार्यक्रम गरिरहेका छौँ ।”

सचेतनामूलक कार्यक्रमको प्रभावले पछिल्लो समयमा न्यायिक समितिमा आउने मुद्दामा समेत कमी आएको उपाध्यक्ष राईले बताइन्। उनले भनिन्, “हामीले समितिमा आउने मुद्दाको निरूपण गरिरहेका छौँ । मुद्दा नै नआउने वातावरण सिर्जना गर्न लागि परेका छौँ ।”

कानुनी चेतनासँगै गाउँपालिकाको न्यायिक समितिले प्रदान गर्ने अन्य सेवाको बेरामासमेत जानकारी पाएको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाको सेवा वडा स्तरमै पाउँदा स्थानीयवासी खुसी भएका छन् । गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य रहेको स्थानीयवासीले बताएका छन् । कानुनी ज्ञानको अभावमा हुने विभिन्न झन्झटबाट मुक्त हुने अवसर पाएको स्थानीयवासी ज्ञानुमाया राईले बताइन्। “ हामीलाई सामान्य कानुनी ज्ञान नहुँदा धेरै समस्या हुन्थ्यो,” उनले भनिन्, “अहिले आफ्नै ठाउँमा कानुनी ज्ञान पाउँदा खुसी लागेको छ ।”

गाउँपालिकाले वडा स्तरमै न्यायिक समितिले प्रदान गर्ने कानुनी ज्ञान दिएपछि थप सहज भएको पौवादुङमा ६ का वडाध्यक्ष दक्षकुमार राईले बताए। कानुनी जानकारी स्थानीयवासीलाई दिएसँगै उनीहरुको चेतना स्तर वृद्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : १६ बजे

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका