सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्छु : वनमन्त्री यादव | Khabarhub Khabarhub

सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्छु : वनमन्त्री यादव


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफल गर्ने क्रममा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगीलाई प्रोत्साहन गर्न उनीहरूको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका हुन् ।

‘उद्योगीहरूलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तपाईंहरूलाई परेका समस्याहरूको समाधानका लागि वन मन्त्रालय सकारात्मक छ । हामीबाट हुने कामहरू हामी गर्छौँ र अन्य मन्त्रालयसँग पनि समन्वय र समाधानका लागि पहल गर्नेछौँ,’ उनले भने ।

भेटघाटका क्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावली २०७९ का केही प्रावधानहरूका कारण सिमेन्ट उद्योग संकटमा परेको जानकारी गराएका थिए ।

उनले प्रावधानहरू संशोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने बताउँदै प्रावधानहरूलाई संशोधन गरेर नेपालको सिमेन्ट उद्योगलाई संकटबाट बाहिर निकाल्न आग्रह गरे ।

जवाफमा उद्योगीहरूले उठाएको मागप्रति आफू गम्भीर भएको र जायज मागलाई नियमावली संशोधन गरेर भए पनि सम्बोधन गर्ने मन्त्री यादवले बताए । मन्त्री यादवले नियमावलीमा रहेका बाधा व्यवधानहरूलाई आवश्यक संशोधन गर्नका लागि अध्ययन गर्न एउटा विज्ञहरूको टोली गठन गर्न निर्देशनसमेत दिए ।

टोलीले सात दिन भित्र उद्योगी, व्यवसायी र त्यस क्षेत्रका प्राविधिक जानकारहरूसँग छलफल गरी आवश्यक अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनको आधारमा नियमावलीका प्रावधानहरू सच्चाएर उद्योगीहरूको जायज मागलाई पूरा गरिने उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ४० बजे

बेनीमा रातो च्याउको माग धान्न मुस्किल, उपभोक्ताले गर्छन खोसाखोस

म्याग्दी– बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने 

काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

भक्तपुरमा आगलागी, दुई लाख बराबरको धनमाल जलेर नष्ट

भक्तपुर– चाँगुनारायण नगरपालिका-८ सुडालस्थित दुलाल गाउँ बस्ने २७ वर्षीया रञ्जना घोरासैनीको गोठमा

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका

तार्दीखोलामा पक्की पुल निर्माण

लमजुङ– यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की