उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले ओन्चोन क्षेत्रबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि जनाएका छन् ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक उत्तर कोरियाले जुलाई १० मा हतियार परीक्षण गरेको थियो ।

उत्तर कोरियाले पछिल्ला केही महिनायता अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलसहित प्रतिबन्धित हतियार परीक्षणलाई तीव्रता दिएको जनाइएको छ । विश्वबाटै एक्लिएको उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणबारे योजना बनाइरहेको विश्वास गरिन्छ ।

यस हप्ताको सुरुमा दक्षिण कोरियाली र अमेरिकी सेनाले वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ५२ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा