आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल « Khabarhub

आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन्।

कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तिको संकेत देखाएका हुन्।

आफू वडामा निर्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरूको सहयोगमा करिब २ सय जना कृषकहरूलाई कृषि सामाग्रीका साथै विभिन्न बिउ विजन र बोट बिरुवा वितरण गरेको बताए । बुधबार पनि विभिन्न समुहमा रहेका कृषकहरूलाई पलाष्टिक टनेल वितरण गरेको रावलको भनाइ छ ।

सामाजिक सेवा केन्द्र सोसेक नेपाल र वाक नेपालको सहयोगमा विपन्न परिवारका लागी कृषि सामाग्री हस्तान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष रावलले बताए । कमल रावल २०७९ सालको स्थानीय तह अन्तर्गत नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।

ठूलो संख्यामा युवाहरु कामको खोजीमा बिदेसिएका छन्, धेरै परिवारहरू बसाइसराइ गरेका छन्, अधिकांश आकासको भरमा रोपाईं हुने जमिनहरु बाझिने क्रममा छन् । देशको करिब दुई तिहाइ जनसंख्याको जिबिकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडि परिराखेको छ ।।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ३० बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली