बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ : मुख्यमन्त्री पाण्डे


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने बताएका छन्।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले धुलिखेलमा आज आयोजना गरेको ‘छैटौँ जिल्ला सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई नगद पैसा तिर्दा यात्रुसँग बढी रकम लिने खालको समस्या समाधान गर्न तोकिएको रकम मात्रै भुक्तानी दिने गरी डिजिटल युगभित्र प्रदेश सरकार प्रवेश गर्ने बताए।

उनले संसद्मा कानुन बनाउने बेला आफूले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर जोडदार कुरा उठाएको र वडा सरकार बलियो भए मात्रै नेपाल बलियो तथा समृद्ध बन्ने भएकाले त्यसैमा ध्यान दिन जरुरी रहेको बताए। सङ्घीय सरकार भनेको नै प्रदेश सरकार भएको उल्लेख गर्दै उनले भर्खर मात्र प्रदेश सरकारको कानुन बनाउने र कार्यान्वयनको चरणमा रहेकाले अहिले नै ठिक तथा बेठीक भनेर टिप्पणी गर्ने बेला नभएको बताए।

उनले आर्थिक हिसाबले कमजोर गाउँपालिकाले आफू आएपछि थप आर्थिक सहयोग गर्ने विधि बनाएको र बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताए।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ३६ बजे

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं– चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको

सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन

काठमाडौं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका

उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने

कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको

होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व मनाएका छन्