प्रहरीको सम्पूर्ण ध्यान मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ : प्रहरी महानिरीक्षक सिंह « Khabarhub

प्रहरीको सम्पूर्ण ध्यान मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ : प्रहरी महानिरीक्षक सिंह


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।

राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उनले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताए। आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग गर्न दिने वातावरण बनाउनु नै समस्त प्रहरीको एक मात्र उद्देश्य रहेको प्रहरी महानिरीक्षक सिंहले बताए।

उनले  नागरिक समाज, सञ्चारकर्मीलाई समाजका विषयवस्तु प्रहरीभन्दा बढी जानकारी हुने भएकाले सहयोगको अपेक्षासमेत गरे। सार्वजनिक पद धारण गरेका व्यक्तिबाट पदीय आचारण विपरीत भएका कार्य, समाजमा भइरहेका विकृति, विसङ्गतिलाई पत्रकारले उजागर गर्ने मात्र नभई सुधार गर्ने, सच्याउने ढङ्गले पथप्रदर्शक बन्न पनि उनले आग्रह गरे। सबै क्षेत्रका कुरीतिलाई न्यूनीकरण गर्न पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

अन्य प्रदेशको तुलनामा तस्करी, कालोबजारी, महिला हिंसाका घटना बढी रहेकाले प्रहरीलाई पत्रकार र नागरिक समाजको साथ सहयोग चाहिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्ना प्रहरी तस्करीमा संलग्न नभएको बताए। गलत बाटोमा प्रहरी संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गर्दै उहाँले कसूरअनुसार विभागीय कारबाही गरेर जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ४६ बजे

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा