प्रहरीको सम्पूर्ण ध्यान मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ : प्रहरी महानिरीक्षक सिंह « Khabarhub

प्रहरीको सम्पूर्ण ध्यान मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित छ : प्रहरी महानिरीक्षक सिंह


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।

राजविराजमा आज पत्रकारसँग कुरा गर्दै उनले सफलतापूर्वक स्थानीय निर्वाचन सम्पन्न गरिसकेपछि प्रहरीको ध्यान आगामी निर्वाचन विश्वसनीय, भयरहित गराउनेतर्फ केन्द्रित रहेको बताए। आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष, भयरहित तवरमा नागरिकको मताधिकारको प्रयोग गर्न दिने वातावरण बनाउनु नै समस्त प्रहरीको एक मात्र उद्देश्य रहेको प्रहरी महानिरीक्षक सिंहले बताए।

उनले  नागरिक समाज, सञ्चारकर्मीलाई समाजका विषयवस्तु प्रहरीभन्दा बढी जानकारी हुने भएकाले सहयोगको अपेक्षासमेत गरे। सार्वजनिक पद धारण गरेका व्यक्तिबाट पदीय आचारण विपरीत भएका कार्य, समाजमा भइरहेका विकृति, विसङ्गतिलाई पत्रकारले उजागर गर्ने मात्र नभई सुधार गर्ने, सच्याउने ढङ्गले पथप्रदर्शक बन्न पनि उनले आग्रह गरे। सबै क्षेत्रका कुरीतिलाई न्यूनीकरण गर्न पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

अन्य प्रदेशको तुलनामा तस्करी, कालोबजारी, महिला हिंसाका घटना बढी रहेकाले प्रहरीलाई पत्रकार र नागरिक समाजको साथ सहयोग चाहिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्ना प्रहरी तस्करीमा संलग्न नभएको बताए। गलत बाटोमा प्रहरी संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गर्दै उहाँले कसूरअनुसार विभागीय कारबाही गरेर जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ४६ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका