तीन बुँदे सहमति कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टीको माग | Khabarhub Khabarhub

तीन बुँदे सहमति कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टीको माग


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले २०७७ साल फागुन २१ गते नेपाल सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी खोटाङका सेक्रेटरी सञ्जिव लुंगेली मगरले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै ‘नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्धाहरु खारेज गर्ने’ सहमति कार्यान्वयनको माग गरेका छन् ।

सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

उक्त पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जबरजस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापन–पत्रमा उल्लेख छ ।

‘सहमति अनुसार हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरिएको छैन । झुट्टा मुद्दा खारेज गरिएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहलाई बुझाइएको ज्ञापन–पत्रमा भनिएको छ, ‘उल्टै नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।’

नेपाल कम्यूनिष्ट पार्टीले सरकार समक्ष भ्रष्टाचार र असीमित रूपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रणको माग गरेको छ । ‘देश चरम मूल्यवृद्धि र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा देश कंगालीकरणतर्फ धकेलिएको छ । चर्को मूल्यवृद्धिका कारणले जनताको जीवन कष्टकर बन्दै गएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘अतः तत्काल भ्रष्टाचार रोक्ने र असीमित रूपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दछ ।’

ज्ञापन–पत्रमा नेपालको सामरिक महत्त्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुत बनाउने उद्देश्यमा आधारित एमसीसी सम्झौता र एसपीपी परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, विगतमा भएका राष्ट्र हित विपरीतका असमान सन्धि तथा सम्झौता खारेज गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ५६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर