तीन बुँदे सहमति कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टीको माग « Khabarhub

तीन बुँदे सहमति कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टीको माग


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले २०७७ साल फागुन २१ गते नेपाल सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी खोटाङका सेक्रेटरी सञ्जिव लुंगेली मगरले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै ‘नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्धाहरु खारेज गर्ने’ सहमति कार्यान्वयनको माग गरेका छन् ।

सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

उक्त पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको सहमतिको विरुद्धमा भएको र मुलुकलाई जबरजस्त द्वन्द्वमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको ज्ञापन–पत्रमा उल्लेख छ ।

‘सहमति अनुसार हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरिएको छैन । झुट्टा मुद्दा खारेज गरिएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहलाई बुझाइएको ज्ञापन–पत्रमा भनिएको छ, ‘उल्टै नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगायतका नेता कार्यकर्तालाई गत १६ साउनमा ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।’

नेपाल कम्यूनिष्ट पार्टीले सरकार समक्ष भ्रष्टाचार र असीमित रूपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रणको माग गरेको छ । ‘देश चरम मूल्यवृद्धि र भ्रष्टाचारको दलदलमा फसेको छ । चौतर्फी क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा देश कंगालीकरणतर्फ धकेलिएको छ । चर्को मूल्यवृद्धिका कारणले जनताको जीवन कष्टकर बन्दै गएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘अतः तत्काल भ्रष्टाचार रोक्ने र असीमित रूपमा बढिरहेको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दछ ।’

ज्ञापन–पत्रमा नेपालको सामरिक महत्त्वको भूगोलमाथि आफ्नो हस्तक्षेप कायम गरेर राजनीतिक तथा सैन्य अतिक्रमणलाई मजबुत बनाउने उद्देश्यमा आधारित एमसीसी सम्झौता र एसपीपी परियोजना खारेज गर्न माग गरेको छ । यस्तै, विगतमा भएका राष्ट्र हित विपरीतका असमान सन्धि तथा सम्झौता खारेज गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ५६ बजे

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि