चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो « Khabarhub

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि राहदानी वितरण कार्य रोकिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडिको सडकमा भएको बस आगलागीका कारण विभागको राहदानी छपाई तथा वितरण कार्य प्रभावित भएको हो ।

आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएपछि राहदानी छपाई र वितरणमा कठिनाई उत्पन्न भएको विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले जरुरी सूचना जारी गर्दै आवेदन दिइसकेका सेवाग्राहीहरूलाई धैर्यधारण गरी सहयोग गरिदिन आग्रह गरेको छ।

प्राविधिक समस्याका कारण वितरणमा बाधा पुगे पनि राहदानी आवेदन संकलन कार्य भने पूर्ववत् रूपमै सुचारु रहने विभागले स्पष्ट पारेको छ। उत्पन्न समस्याको समाधान हुनासाथ राहदानी वितरण सेवा पुनः नियमित हुने राहदानी विभाग, त्रिपुरेश्वरले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : २६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष