दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन « Khabarhub

दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

उनले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गरेका हुन् ।

गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिए ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से१ज ५५१ नम्बरको जिप दुर्धटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिए।

दुर्घटनामा नौ जना घाइते भएका र तीमध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए । घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पु¥याइएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने